
काठमाडौं — बेलायतमा एक महिलाको हराएको औंठी अनौठो तरिकाले भेटिएको छ । जानकारी अनुसार, महिलाले १२ वर्षअघि हराएको औंठी हाच्छ्युँ गरेर फेला पारेकी छन् ।
औंठी हराउँदा अबिगेल टम्सनलाई चोरी भएको जस्तो लाग्यो । तर केही दिनअघि उनले बेस्सरी हाच्छ्युँ गर्दा औंठी नाकबाट निस्केर हातमा आयो ।
सन् २००७ मा आठ वर्षकी हुँदा उनकी आमाले सुनको औंठी उपहार दिएकी थिइन् । तर केही दिनमै त्यो हरायो । घर आएका साथीले चोरेको जस्तो उनलाई लाग्यो ।
वेस्ट योर्कशायरमा ब्युटी थेरापिस्ट टम्सनले भनिन्, ‘औंठी नाकमा फसेको होला भन्ने मैले सोचेकै थिइनँ । मलाई नाकमा कहिले पनि अप्ठ्यारो अनुभव भएन । सास लिन असजिलो भएन ।’
एजेन्सी