१२ असार २०८३, शुक्रबार

ट्रायल नदिइकनै पनि सवारी चालक लाइसेन्स वितरण भएको खुलासा, अख्तियारको एक्सन

ट्रायल नदिइकनै पनि सवारी चालक लाइसेन्स वितरण भएको खुलासा, अख्तियारको एक्सन

काठमाडौं– यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय¸ प्रदेश नं ३ ललितपुरबाट परीक्षामा फेल भएका र  ट्रायल परीक्षा नदिएकालाई समेत सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने गरिएको पाइएको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनसन्धानको क्रममा गत साउन १६ गतेदेखि असोज २४ गतेसम्म  नियम विपरित ६२९ वटा सवारी चालक अनुमति पत्रहरुको नतिजा फेरवदल भएको जनाएको छ । 

फर्जी काम गने्र्र कार्यमा संलग्न यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय¸ एकान्तकुनामा कार्यरत शाखा अधिकृत भक्तबहादुर विष्ट¸ शाखा अधिकृत विष्णुप्रसाद सुवेदी¸ यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय ठुलोभर्याङका कम्प्युटर अधिकृत विजेन्द्र राज जोशी¸ यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनामा कार्यरत कम्प्युटर अपरेटर जयनारायण चौधरी¸ कम्प्युटर अपरेटर सचिन कुमार सिंह¸ तत्कालीन यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुना  कम्प्युटर अपरेटर अमित कुमार साह¸  विजयराम बनमाला र टर मदन कुमार साह विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुविरुद्ध  हदैसम्मको जरिवाना र कैद सजाय मागदाबी सहित आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्