०५ असार २०८३, शुक्रबार

तीन जिल्लामा तीन जना मृत फेला

तीन जिल्लामा तीन जना मृत फेला
काठमाडौं– रुपन्देही, काभ्रे र डोटीमा ३ जना मृत अवस्थामा फेला परेका छन् । 
रुपन्देहीको सियारी गाउँपालिका ७ भर्दापुरस्थित तिनहु नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब ५२ वर्षीया महिला बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छन् । 
काभ्रेको  नमोबुद्ध नगरपालिका ८ दाप्चा गैरीपाटी क्षेत्रमा मागी खाई हिँडने गरेका मण्डन देउपुर नगरपालिका ११ बस्ने बिलबहादुर तामाङ सोही ठाउँस्थित पाटीमा सुतेको अवस्थामा बिहीबार बिहान मृत फेला परेका छन् । 
यस्तै डोटीको पुर्वचौकि गाउँपालिका ५ काडाँमाण्डौ बस्ने २१ वर्षीया पार्बती बोगटी बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । बुधबार राति खाना खाई सुतेकी उनी बिहान नउठेपछि ढोका खोली हेर्दा मृत फेला परेकी हुन् ।  उनको कोठाभित्र बालेको आगोले निस्सासिएर मृत्यु भएको बुझिएको छ । 
यस सम्बन्धामा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको  छ । 

salt training

कमेन्ट गर्नुहोस्