०९ असार २०८३, मंगलबार

काठमाडौँको एक चकलेट उद्योगमा आगलागी,  ७० लाखको क्षति

काठमाडौँको एक चकलेट उद्योगमा आगलागी,  ७० लाखको क्षति
फाइल तस्बिर

काठमाडौंँ– काठमाडौँको एक चकलेट उद्योगमा आज आगलागी हुँदा रु ७० लाखको क्षति भएको छ । 

काठमाडौँ महानगरपालिका–१५ स्थित चागलमा रमेश अग्रवालले सञ्चालन गरेको लखन फुट चकलेट उद्योगमा आगलागी हुँदा उद्योगका कच्चापदार्थ र तयारी सामग्री जलेर नष्ट भएको हो ।
 चकलेट पकाउने क्रममा डिजेल पोखिएर आगलागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

यस्तै काठमाडौँको दक्षिणकाली नगरपालिका–६ बस्ने किरणकुमार रञ्जितको घर अगाडि पार्किङ गरेर राखिएको बा९८प ६५७८ नंको स्कुटरमा आज आगलागी भएको छ । आगलागीबाट स्कुटर पूर्ण क्षति भएको र घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्