
काठमाडौं । दैनिक रूपमा प्रयोग हुने नुनदेखि सुनसम्मै बिचौलिया राज बढेको छ ।
प्रायः सबै सरकारी कार्यालयका सेवा सुविधामा बिचौलियाको प्रभाव बढ्दा सर्वसाधारण मारमा परेका छन् ।विधि र नियमभन्दा पनि बिचौलियासँगको सेटिङमा सरकारी कार्यालय र त्यसमा आबद्ध अधिकारीहरू चल्न थालेपछि सेवाग्राही त्यसको सोझो मारमा परेका हुन् ।
सरकारी कार्यालय र त्यसका जिम्मेवार व्यक्तिले नै विधि र नियमलाई पाखा लगाएर अनियमितताका लागि बिचौलियालाई प्रश्रय दिँदा पावर र पहुँचवालालाई मालामाल हुने तर पैसा र पावर नहुनेहरू भने सामान्य सेवा सुविधाबाट पनि वञ्चित हुने अवस्था आएको छ ।
नीति नियम बनाउने थलो व्यवस्थापिकादेखि कार्यपालिका तथा न्यायापालिकामै बिचौलियाको प्रभाव बढ्दै गएको छ । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ ।