१३ असार २०८३, शनिबार

स्थानीय तहको निर्वाचन रोकिँदैनः कमल थापा

कात्तिक २०, २०७४
स्थानीय तहको निर्वाचन रोकिँदैनः कमल थापा
काठमाडौँ, २७ फागुन - उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।kamal_thapa

राष्ट्रिय प्रजातन्त्र पार्टीले नवनियुक्त मन्त्रीको स्वागत तथा सम्मानका लागि आज आयोजना गरेको कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले वर्तमान सरकारको विकल्प अहिले खोजेमा निर्वाचन अन्योलमा पर्ने र संविधान कार्यान्वयन धरापमा पर्ने बताउँदै निर्धारित समयमा स्थानीय निर्वाचनको सुनिश्चितताका लागि पछिल्लो पटक राप्रपाले सरकारमा आफ्नो नेतृत्वमा सहभागिता जनाएको स्पष्ट गरे ।

राप्रपाका अध्यक्ष समेत रहेका थापाले संविधान संशोधन यथास्थितिमा हुन नसक्ने पार्टीको पूर्ववर्ती मान्यता परिवर्तन नहुने पनि बताए । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री दिलनाथ गिरी र राज्यमन्त्री पर्शुराम तामाङले आफूहरुले सरकारमा रहेर देश र जनताप्रतिको निष्ठा तथा पार्टी सिद्धान्तलाई कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्