काठमाडौं, १ पुस – गजलकार निश्चल पिएस लिम्बुको गजल सङ्ग्रह सिसिफस जीवनको लोकार्पण भएको छ ।
कवि रमेश पौडेलको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रममा उपकुलपति विष्णुविभु घिमिरेले पुस्तकको लोकार्पण गरेका थिए ।

कार्यक्रममा सार्क महासचिव अर्जुन बहादुर थापा, सांसद मोहम्बद जाकिर हुसेन लगायतले बोलेको थिए ।
साथै गजलकार घनश्याम परिश्रमीले नेपाली गजलको राम्रो विस्तार भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रम विश्व नेपाली साहित्य महासंघको आयोजनामा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो ।