११ साउन २०८३, सोमबार

यसकारण अघि बढेन निर्वाचन क्षेत्र विधेयक

कात्तिक २०, २०७४
यसकारण अघि बढेन निर्वाचन क्षेत्र विधेयक
(प्रकाश सिलवाल)

काठमाडौँ, २७ फागुन - व्यवस्थापिका–संसद्को आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३’ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।sansad

सो प्रस्ताव पारित गर्न हाल कायम पाँच सय ९५ को एक चौथाइ १४९ हुनुपर्नेमा १२५ सदस्य मात्र उपस्थित भएकाले संसद्का बाँकी कार्यसूची हटाइएको घोषणा सभामुख ओनसरी घर्तीले गर्दै बैठक स्थगन गरिन् । सत्ता पक्षकै सांसदले पातलो उपस्थिति जनाएपछि विधेयकको थप प्रक्रिया रोकिएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का कतिपय सांसद हेटौँडाबाट पुनः सुरु भएको मेची–महाकाली अभियानमा लागेकाले अनुपस्थित भएको जनाइएको छ । साँझ एकाएक देखिएको खराब मौसम र हल्का वर्षाका कारण पनि सांसद्हरु पहिलो बैठकपछि निस्केका थिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले पहिलो बैठक नै बहिष्कार गरेका थिए । संसद्को अर्काे बैठक आगामी चैत १ गते अपराह्न १ बजे बस्ने भएकाले सो अवधियता विधेयक निर्णयार्थ प्रस्तुत हुन
निर्वाचनका लागि सो विधेयकको महत्व रहेकाले संसद् सचिवालयले प्राथमिकता दिई आजको दोस्रो बैठक राखी सैद्धान्तिक छलफल पूरा गरे पनि विधेयक सम्बन्धित समितिमा जाने बाटो खुल्न सकेन । तराई–मधेस केन्द्रित दललाई सहमतिमा ल्याउन सो विधेयक लामो समयदेखि संसद्मा प्रस्तुत नगरिए पनि प्रधानमन्त्रीको आग्रहमा आज संसद् बैठकमा प्रस्तुत भएको थियो । संसद्मा आजको पहिलो बैठकमा प्रस्तुत भएको सो विधेयकमा साँझको बैठकमा सैद्धान्तिक छलफल गरिएको थियो ।

विधेयकबारे सांसदहरुबाट भएको छलफलपछि जवाफ दिँदै प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले सहमतिका लागि सो विधेयक लामो समय रोकिए पनि संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न गर्न यसलाई अघि बढाउन आवश्यक रहेको बताए । उनले सबै गम्भीर भएरमा संविधान कार्यान्वयन र तीनै तहको निर्वाचन गराउन कसैले रोक्न नसक्ने स्पष्ट गरे ।

सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदले सरकारले समयमा निर्वाचन सम्पन्न गराउन सहयोग मिल्ने गरी विधेयक ल्याएकामा धन्यवाद दिँदै जनसङ्ख्या र भूगोलको समानुपातिक मापदण्डका आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने सुझाव दिए ।


सो प्रस्ताव पारितका लागि गणपूरक सङ्ख्या अपुग हुने भनी प्रेम सुवालले प्रश्न उठाएपछि सभामुखले तीन मिनेट घन्टी बजाई सङ्ख्या यकिन गराउन निर्देशन दिएकी थिइन् । संसद्मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न हाल कायम रहेकाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । संसद्को अर्काे बैठक आगामी चैत १ गते अपराह्न १ बजे बस्नेछ । रासस

salt training

कमेन्ट गर्नुहोस्