१८ असार २०८३, बिहीबार

नेपालले जित्यो दोस्रो टी-ट्वान्टी, श्रृंखला १-१ को बराबरीमा

नेपालले जित्यो दोस्रो टी-ट्वान्टी, श्रृंखला १-१ को बराबरीमा
फाइल फोटो

काठमाडौं - यूएईसँगको टी-ट्वान्टी क्रिकेट श्रृंखला नेपालले १-१ को बराबरीमा ल्याएको छ ।

शुक्रवार भएको दोस्रो टी-ट्वान्टी खेल ४ विकेटले जित्दै नेपालले श्रृंखलामा पुनरागमन गरेको हो ।

कप्तान पारस खड्का गोल्डेन डक तथा सस्तैमा ५ विकेट गुमेपछि धर्मराएको पारी दीपेन्द्रसिंह ऐरी र पवन शर्राफले सम्हालेपछि जित सम्भव भएको हो ।

नेपालको जीतमा दीपेन्द्र ‌ऐरीले ४७, करण केसीले २० तथा पवन शर्राफले १८ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले अलआउट हुँदै १०७ रन जोडेको थियो ।

नेपालका लागि अभिनाश बोहराले ३ तथा सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले २-२ विकेट लिएका थिए ।

यसअघिको खेल यूएईले जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्