१२ असार २०८३, शुक्रबार

डाक्टर केसीले अनसन तोडे

डाक्टर केसीले अनसन तोडे

काठमाडौँ-चिकित्सा शिक्षा विधेयकको विरुद्धमा २४ दिन अनसन बसेका त्रिभुवन शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले शुक्रबार आफ्नो अनसन तोडेका छन् ।

अनसनस्थलमै पत्रकार सम्मेलन गर्दै डा केसीले आफ्नो अनसन तोडेका हुन् ।

संघीय संसदबाट बिहीबार चिकित्सा शिक्षा विधेयक पारित भइ ऐन बनेको थियो । केसीले शुक्रबार साँझ ७ बजे अनसन तोडेका हुन् ।

अनसन तोड्ने क्रममा एक विज्ञप्ती जारी गर्दै डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा असक्षम र अस्वस्थ रहेको भन्न छोडेनन् ।

डा. केसीले सरकारले लोकलाज गुमाएको आरोप लगाए । डाक्टर केसीलाई सफाई कर्मचारी अमृत पुजारीले जुस पिलाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्