२८ असार २०८३, आइतबार

कञ्चनपुर घटनाबारे कूटनीतिक छलफल हुँदै

कात्तिक २०, २०७४
कञ्चनपुर घटनाबारे कूटनीतिक छलफल हुँदै

काठमाडौँ, २७ फागुन - परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कञ्चनपुर घटना दुःखद् भएकाले यसबारे सत्यतथ्य बुझ्न भारत सरकारसँग कूटनीतिक छलफल भइरहेको बताएका छन् ।

राष्ट्रिय अनलाइन पत्रकार सङ्घको प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘पर्यटन र आर्थिक क्षेत्रमा अनलाइन मिडियाको भूमिका’ विषयको अन्तक्र्रियामा परराष्ट्रमन्त्री डा महतले मृतकको परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने र छोराछोरीलाई निःशुल्क शिक्षा दिनेबारे सरकाले गृहकार्य गरिसकेको बताउँदै घटनाको वास्तविकता चाँडै पत्ता लाग्ने विश्वास व्यक्त गरे । अर्काे प्रसङ्गमा उनले देश विकासका लागि सकारात्मक भूमिका खेल्न र सत्यतथ्य सूचना पस्कन सञ्चारकर्मीलाई आग्रह गरे ।

सांसद मोहनसिंह राठौरले देश विकासको प्रमुख मेरुदण्ड पर्यटन, ऊर्जा र कृषिबारे सञ्चारकर्मीले खोजमूलक समाचार सम्प्रेषण गर्नुपर्ने बताए । उनले भने , “काठमाडौँ, पोखरा र चितवनलाई मात्र पर्यटनको क्षेत्रका रुपमा नहेरेर सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा रहेका रारा, शुक्लाफाँट, खप्तडलाई समेत सञ्चार क्षेत्रले समेट्नुपर्छ ।”

नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पौडेल, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा कृष्णहरि बाँस्कोटा, जया मल्टिपल कलेजका प्राचार्य भवानीप्रसाद पौडेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, सङ्घका अध्यक्ष मुकुन्दकुमार ढुङ्गाना, ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन, मिसन फर चेन्जका अध्यक्ष दर्शन रौनियारलगायतले संविधान निर्माणसँगै देशलाई आर्थिक समृद्धिको बाटामा लैजान विकास पत्रकारिताको खाँचो औँल्याए ।


सो अवसरमा सङ्घले ‘राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार’बाट राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मीलाई पुरस्कृत गरेको छ । सङ्घले रेग्मीलाई नेपालको पत्रकारिता क्षेत्रमा विशेष योगदान पु¥याएको जनाउँदै रु ११ हजार १११ र सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्