
काठमाडौं–विदेशस्थित नेपालका दूतावास र नियोगको कार्यसम्पादन सहज गराउन प्रहरी सहचारीको खाँचो औंल्याइएको छ। आपराधिक गतिविधिमा संलग्न भई विदेश पलायन हुने र विदेशी भूमिमा पनि यस्तो क्रियाकलाप सञ्चालन गर्ने प्रवृत्ति बढेपछि दूतावासमै सुरक्षा संयन्त्र खटाउन लागिएको हो।
दूतावासमा परराष्ट्रका कर्मचारीको धेरै काम हुने भएकाले सम्बधित मुलुकका सुरक्षा निकायसँग समन्वय गर्न र आफ्नै तरिकाले अनुसन्धान गर्नका लागि प्रहरी सहचारीको आवश्यकता औंल्याइएको हो। नेपालीको चाप रहँदै आएका श्रम गतव्य खाडी मुलुकसहित मलेसिया, संयुक्त राष्ट्रका लागि स्थायी नियोग, अमेरिका, बेलायत, अस्टे«लिया, जापान, दक्षिण कोरियालगायतका मुलुकमा प्रहरीले यस्तो दरबन्दी मागेको हो।
प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०को दरबन्दी रहने गरी प्रहरी सहचारीको माग भएको हो। नेपालीको चाप रहँदै आएका मुलुकमा आपराधिक गतिविधि बढ्न थालेपछि परराष्ट्र मन्त्रालयमार्फत प्रहरी सहचारीको माग गरिएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।