०५ असार २०८३, शुक्रबार

प्रवासीको सहयोगमा सिसिटिभी क्यामेरा जडान

प्रवासीको सहयोगमा सिसिटिभी क्यामेरा जडान

म्याग्दी- एक प्रवासीले जलजला गाउँपालिकाको मिलनचोक र मोहनचोकमा व्यक्तिगत लगानीमा सिसीटिभी क्यामरा जडान गरीदिएका छन् । मिलनचोक घर भई व्यवसायको सिलसिलामा अष्ट्रेलियामा रहनुभएका तुलबहादुर पुन (संसार) को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक सिसीटिभी क्यामरा जडान गरिएको हो । 

मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्ने मिलन र मोहनचोकमा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका लागि बजार व्यवस्थापन समितिले जडान गरेको सिसीटिभी क्यामरामार्फत अस्थायी प्रहरी चौकी मिलनचोकबाट निगरानी गर्न सकिने भएको छ । 

सिसीटिभी र पावर ब्याकअप खरीद तथा जडानका लागि जलजला गाउँपालिका–६ ठोट्नेरीमा जन्मिनुभएका पुनले रु एक लाख ४० हजार व्यक्तिगत रूपमा सहयोग गर्नुभएको स्थानीय ओमप्रकाश शर्माले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्