१५ असार २०८३, सोमबार

मानव अधिकार : अब नेपालको आयोग भारतको अनुभवबाट लाभान्वित हुन सकृय

मानव अधिकार : अब नेपालको आयोग भारतको अनुभवबाट लाभान्वित हुन सकृय

काठमाडौं–  राष्ट्रिय मानव अधिकार आयोगले भारतको समकक्षी आयोगको २५ वर्षको अनुभवबाट ‘धेरै कुरा सिक्ने’ भएको छ । स्थापनाको १८औं वर्षमा आएर मात्र नेपालको आयोगले यसो गर्न किन आवश्यक ठान्यो त्यसबारे भने आयोगका पदाधिकारीले केही बताएका छैनन् ।

आयोगनिकट जानकार स्रोतका अनुसार, सदस्य सुदीप पाठकलाई नेता बनाएर आजै बिहान सातजनाको टोली दिल्लीतर्फ पठाएको छ । टोलीमा आयोगका सचिवलाई पनि सामेल गराइएको छ । टोली(सदस्यहरूले एक साता भारतमा बस्दा त्यहाँको मानव अधिकार आयोगले महिला आयोग, अल्पसंख्यक आयोग जस्ता आयोगसित कसरी समन्वय र सहकार्य गर्छ त्यसबारे प्रशिक्षित हुने भएका छन् । 

मानव बेच(बिखनका मुद्दाहरू सुल्झाउने तरिकाको पनि अध्ययन गर्ने लक्ष्य राखिएको बुझिन्छ । भारतको मानव अधिकार आयोगका पदाधिकारीहरूसँगको अन्तर्कृयामा भारतमा काम गर्न जाने कामदार ९सिजनल वर्कर्स० का मानव अधिकारको संरक्षण र दशैं तिहारका बेला स्वदेश फर्किने नेपालीहरू सिमानामा लुटिने, पिटिने घटनाबारे प्रश्न उठाइने जानकारी पनि स्रोतले दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्