३१ जेठ २०८३, आइतबार

प्रचण्डको विज्ञप्तिप्रति कांग्रेसको आपत्ति, अमेरिकासँगको सम्बन्धमा अप्ठ्यारो पारेको आरोप

प्रचण्डको विज्ञप्तिप्रति कांग्रेसको आपत्ति, अमेरिकासँगको सम्बन्धमा अप्ठ्यारो पारेको आरोप

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा सत्तारुढ नेकपाले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ ।

आइतवार बसेको कांग्रेस संसदीय दलको बैठकले नेकपाको विज्ञप्तिले अमेरिकासँगको सम्बन्ध अप्ठ्यारो पारेको निष्कर्ष निकालेको हो । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्ति तथा तत्कालै सरकारले जारी गरेको विज्ञप्तिप्रति गम्भीर असहमति प्रकट गरेको सचेतक पुष्पा भुसालले लोकान्तरलाई जानकारी दिइन् । 

‘नेपालको स्वार्थ नजोडिएको विषयमा प्रचण्ड र सरकारको विज्ञप्ति अनुचित थियो भन्ने हामीहरूको निष्कर्ष छ,’ उनले भनिन् । 

कांग्रेसले सरकारको रवैया हेरेर संसद्को बैठक चल्न दिने या नदिने बताएको छ । यसअघि डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो ।  

प्रतिनिधि सभाको बैठक आइतवार दिउँसो ३ बजे बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्