०५ साउन २०८३, मंगलबार

क्रिकेटमा ऐतिहासिक सफलतापछि यस्तो आयो कप्तान पारस खड्काको प्रतिक्रिया

क्रिकेटमा ऐतिहासिक सफलतापछि यस्तो आयो कप्तान पारस खड्काको प्रतिक्रिया

काठमाडौं– नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले वितेको दुई हप्ता नेपाली क्रिकेटका लागि अद्भुत समय भएको टिप्पणी गरेका छन् । 

संयुक्त अरब ईमिरेट्स (यूएई) विरुद्धको एक दिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला जितेर ईतिहास बनाएसँगै खड्काले सबै खेलाडीको मेहनत र लगनशीलताले जित सम्भव भएको बताए । 

सामाजिक सञ्जालमार्फत खड्काले आगामी दिनमा पनि यस्तै सुःखद नतिजा  ल्याउन प्रयास रहिरहने पनि बताएका छन् । उनले नेपाली क्रिकेटप्रेमीको माया र समर्थनका लागि धन्यवाद पनि ज्ञापन गरेका छन् । 


आइतबार साँझ सम्पन्न युएई विरुद्धको टी–२० क्रिकेट सिरिज नेपालले  २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको  अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

यसअघि नेपालले युएईविरुद्धको एकदिवसीय सिरिज २–१ ले जित्दै इतिहास बनाएको थियो । 

नेपालले जित्यो युएईसँगको पहिलो टी २० सिरिज

salt training

कमेन्ट गर्नुहोस्