२४ जेठ २०८३, आइतबार

दोहोरो सिरिज जितेर नेपाली टोली स्वदेश फर्कँदै

दोहोरो सिरिज जितेर नेपाली टोली स्वदेश फर्कँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज जितेर नेपाली क्रिकेट टिम आज स्वदेश फर्कन लागेको हो । नेपाली क्रिकेट टिम आज अपरान्ह साढे ३ बजे काठमाडौं आइपुग्ने छ ।

२ साताअघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर फर्कन लागेको हो । नेपालले सिरिज जित्दा ऐतिहासिक सफलता प्राप्त गरेको छ । आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले उपाधि नै हात पार्न सफल भयो ।

salt training

कमेन्ट गर्नुहोस्