०२ असार २०८३, मंगलबार

विद्युत् पोल सार्ने क्रममा करेन्ट लाग्दा ३ जना घाइते, ठेकेदारको लापरवाही

विद्युत् पोल सार्ने क्रममा करेन्ट लाग्दा ३ जना घाइते, ठेकेदारको लापरवाही

विराटनगर – विराटनगर महानगरपालिकामा विद्युत्को पोल सार्ने क्रममा करेन्ट लाग्दा ३ जना घाइते भएका छन् ।

सोमवार मध्याह्न भृकुटीचोकमा बिजुलीको पोल सार्ने क्रममा मजदुरलाई करेन्ट लागेको हो ।

विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले  विराटनगरको विभिन्न स्थानमा लाइन अवरुद्ध हुने जानकारी अघिल्लो दिनदेखि नै सूचना प्रवाह गर्दै आएको थियो । तर एकाएक मुख्य लाइनमा नै विद्युत् छाड्दा करेन्ट लागेको बताइएको छ ।

करेन्ट लाग्नेमा विराटनगर–४ का मोहम्मद राहन, सञ्जिव पासवान र मुकेश पासवान घाइते छन् । घाइतेमध्ये राहनको अवस्था गम्भीर रहेको छ । तीनै जना घाइतेको विराट नर्सिङ होममा उपचार भइरहेको छ । मजदुरले विद्युत् प्राधिकरणको गल्तीका कारण घटना भएको बताएका छन् ।

प्राधिकरणले आफ्नो गल्ती नभएको स्वीकार गरेको छ । निर्माणको जिम्मा लिएको कृष्ण बोहराको भूमि कन्स्ट्रक्सनले मजदुरका लागि सामान्य सुरक्षा व्यवस्था नगर्दा घटना हुन गएको विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले भूमि कन्स्ट्रक्सनले मागेको एउटा भृकुटी फिडरको लाइन काटिएको थियो । त्योसहित अन्य ४ वटा फिडरको पनि लाइन काटिएको उनले जानकारी दिए ।

भूमि कन्स्ट्रक्सनले अर्को सहायक ठेकेदारलाई कामको जिम्मा दिएको समेत पाइएको छ । ‘भृकुटी फिडरको लागि मात्र विद्युत् कटौती गर्न विराटनगर गेटदेखि पाञ्चालीसम्मको विद्युत् कटौती भएको थियो । तर त्योबाहेक अर्कै फिडरलाई चलाउनु विद्युत् प्राधिकरणको नियम विपरीत भएकाले ठेकेदार कम्पनीलाई यसबारे भनिसकिएको छ,’ प्रमुख सिंहले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्