३२ असार २०८३, बिहीबार

विश्व क्रिकेट लिग च्याम्पियनसिप : यसकारण आज खेल हुने/नहुनेमा अन्योल

कात्तिक २०, २०७४
विश्व क्रिकेट लिग च्याम्पियनसिप  :  यसकारण आज खेल हुने/नहुनेमा अन्योल
काठमाडौं, २८ फागुन – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबारको लागि तय गरिएको खेल हुने या नहुने भन्नेमा अन्योल भएको छ ।Nepal-team-Nepal-vs-Oman-2015
कीर्तिपूरस्थित टियु क्रिकेट मैदानमा शनिबार नेपाल र केन्या आमनेसामने हुँदैछन् । दुबै टोलीलाई शनिबारको खेल निकै महत्वपूर्ण रहेको छ ।
तर, शुक्रबारदेखि जारी वर्षा नरोकिएको तथा पीच र आउट फिल्ड पनि भिजेका कारण खेल हुने नहुनेमा अन्योलता बढेको हो ।
तालिकाअनुसार बिहान साढे ९ बजेदेखि खेल हुने तय थियो । वर्षाले सो समयमा खेल हुन नसक्ने तर ढिला गरी सुरु गर्ने या ओभर घटएर खेल्ने वा अर्को दिनलाई सार्ने भन्नेबारेमा अब अम्पायरको निर्णयमा भर पर्नेछ ।
राजधानीमा अहिलेपनि पानी परिरहेको छ भने आज दिनभर पानी पर्न सक्ने जल तथा पूवानुमान महाशाखाले जनाएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले वर्षाले आज खेल हुने नहुने भन्नेबारे अन्योलता रहेको भन्दै अम्पायरको निर्णयमा अबको खेल तय हुने बताए ।
नेपालमा हुन लागेको यो खेल च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेल हो ।
नेपाल र केन्याको लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ । दुवै टोलीलाई शीर्ष चारमा रहनको लागि पनि जित्नै पर्ने दवाव छ ।
शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनोटमा छनोट हुने मौका पाउनेछन् । त्यसैले पनि यो खेल दुबै टोलीको लागि महत्वपूर्ण रहेको हो ।
प्रतियोगितामा नेपालले दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा उक्लनेछ । जसले शीर्ष चारको सम्भावनालाई कायम राख्नेछ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ ।
त्यसैले पनि शीर्ष चारभित्र आफनो स्थान सुरक्षित गर्न नेपाललाई जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमै छ ।
त्यस्तै समान आठै खेल नै खेलेको केन्या चार खेलमा जित हासिल गर्दै आठ अङ्कका साथ अङ्क तालिकामा नेपालभन्दा एक स्थान अगाडि छ ।

salt training

कमेन्ट गर्नुहोस्