१७ असार २०८३, बुधबार

पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

‘समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको’  ठहर गर्दै अख्तियारले परिषदका तत्कालीन अध्यक्षसमेत रहेका न्यौपानेसहित तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जक्ष् बिहारी प्रसाद चौधरी, सदस्य हरि न्यौपाने, मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, सदस्य–सचिव रविन्द्र कुमारलगायत १४ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


उनीहरु विरुद्ध  एकतीस करोड वाउन्न लाख सत्र हजार छ सय पचहत्तर रुपैया विस पैसा बिगो माग गरिएको छ । 

अख्तियार प्रवक्ता रामेश्वर दंगालले   न्यौपानेको नेतृत्वमा २०६९  भदौ २० गते रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षको लागि फनपार्क मेला सञ्चालन गर्न दिने निर्णय गरेको देखिएको जानकारी दिए । 

अख्तियारका अनुसार इच्छुमति तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार ५७१ रुपैयाँ ४२ पैसामा भाडामा दिइएको छ । तर, फनपार्कको जग्गालाई वदनियतपूर्वक प्रतिरोपनी ९ हजार २५० रुपैयाँमा भाडामा दिएको पाइएको  छ । 


आपसी मिलेमतोमा रकम र सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा ४ अनुसार नेपाल सरकारले कुनै रकम वा कुनै अन्य कामको ठेक्का बन्दोबस्त गर्न परेमा टेण्डर आमन्त्रित गरी  बढावढ वा घटाघट गराई ठेक्कामा दिनु पर्नेमा त्यसो नगरेको पाइएको पनि अख्तियारले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्