
काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको शाखा पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा स्थापना गरिएको छ ।
वारीबेनी शाखाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लबाट २०७५ माघ २१ गते एक भव्य समारोहबीच उद्घाटन गरिएको छ ।
२०७५ बैशाख १९ गतेबाट कारोबार शुरू भएको शाखाको उद्घाटन समारोहमा मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकको प्रशंसा गरे ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार २१८ अर्बभन्दा बढी पुगेको छ भने कुलनिक्षेप करीब १७५ अर्ब तथा कर्जा १४९ अर्ब रुपैयाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करीब १४ लाख ५० हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।