३० जेठ २०८३, शनिबार

किम जोङ–उन र रोड्रिगो डुटेर्टेका डुप्लिकेटले सँगै खाए खाना, नक्कली बन्दूक पनि हल्लाए

किम जोङ–उन र रोड्रिगो डुटेर्टेका डुप्लिकेटले सँगै खाए खाना, नक्कली बन्दूक पनि हल्लाए

काठमाडौं — उत्तर कोरियाका नेता किम जोङ–उन र फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे हङकङमा सँगै देखिँदा मानिस छक्क परे । 

खासमा ती दुई नेताको जस्तै अनुहार भएका कलाकारले भेटघाट गरेका हुन् । दुवैले सँगै खाना पनि खाए । उनीहरूसँग फोटो खिचाउन रेस्टुराँमा भीड आयो । 

किम जस्तो अनुहार भएका हावर्ड एक्स हङकङमा बस्छन् । अनि क्रिसेन्सियो एक्सट्रीम चाहिँ डुटेर्टे जस्तो देखिन्छन् । 

आइतवार दुवैजना हङकङको सेन्ट जोसेफ चर्चमा भेटे । हावर्डले किमको जस्तो अनि एक्सट्रीमले डुटेर्टेको जस्तो कपडा लगाएका थिए । 

उनीहरूले खुबै रमाइलो गरे । हावामा नक्कली बन्दूक पनि चलाए । 

हावर्ड राजनीतिक व्यंग्य लेख्छन् । उनका अनुसार, किमको जस्तो केश विन्यास बनाउनका लागि उनलाई निकै समय लागेको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्