
इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सिन्ध प्रान्तस्थित खैरापुरमा हिन्दु मन्दिरमाथि भएको आक्रमणको छानबिन गर्न आदेश दिएका छन् । यसैसाता आक्रमणकारीको एक समूहले मन्दिर तथा त्यहाँ रहेका धार्मिक ग्रन्थमा आगो लगाएको थियो ।
खानले आक्रमणकारीविरुद्ध कारबाही गर्न आदेश दिँदै यस्तो कार्य कुरानविरुद्ध रहेको बताएका छन् । आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । यस्तो कार्यको स्थानीय हिन्दु तथा मुस्लिम समुदायले विरोध जनँएका छन् ।
प्रधानमन्त्रीले आफ्ना विशेष सल्लाहकार रमेश कुमारसहित स्थानीय प्रहरी अधिकारीसहित मन्दिरक्षेत्रको अवलोकन गरेका थिए । उनले घटनाका बारेमा स्थानीय हिन्दु समुदायका सदस्यसँग पनि कुराकानी गरेका थिए ।
सिन्ध प्रान्तका गभर्नर इमरान इस्माइलले यस्तो कार्य प्रान्तमा रहेको धार्मिक समुदायबीचका सौहार्दता खलबल्याउने षड्यन्त्र रहेको बताए । उनले अल्पसंख्यक समुदायको सुरक्षाको प्रत्याभूतिका लागि कुनै कसर बाँकी नराख्ने पनि बताएका छन् ।