०२ असार २०८३, मंगलबार

स्विडेनको राजपरिवारको हराएका बहुमूल्य गहना डस्टबिनमा भेटिए

स्विडेनको राजपरिवारको हराएका बहुमूल्य गहना डस्टबिनमा भेटिए

काठमाडौं — स्विडेनको राजपरिवारको मुकुट र तरवारसहित अन्य शाही सामान ६ महिनाअघि चोरी भएको थियो । ती सामान एक डस्टबिनमा भेटिएका छन् । 

डस्टबिन बाहिर बम लेखिएको थियो । प्रहरीले बताएअनुसार, राजा कार्ल नवौंको समयदेखिको गरगहना राजधानी स्टकहोमको डस्टबिनमा भेटिएको छ । 

स्विडेनको पत्रिका एफ्तब्लादेतका अनुसार, सुरक्षा गार्डले डस्टबिन खोल्दा शाही खजाना भेटिएका हुन् । शाही सामानको मूल्य ६८ करोड रुपैयाँ बराबर आँकिएको छ । 

शाही सामान राजपरिवारको कुनै सदस्यको मृत्युपछि कफिनमा राखिन्छ । सामानलाई फ्युनरल रिगेलिया भनिन्छ । 

सन् १६२५ मा पहिलोपटक यी शाही सामान रानी क्रिस्टिनाको अन्तिम संस्कारमा प्रयोग गरिएको थियो । अहिले प्रहरीले इलाकाको सीसीटीभी क्यामराको जाँच गरेर कसले त्यहाँ सामान राखेको हो भनी खोजिरहेको छ । 

बाईस वर्षीय एक स्विडिश युवकलाई दुईवटा मुकुट चोरेको आरोप लगाइएको छ । जुलाई ३१ मा स्ट्रेङनास क्याथेड्रलमा सामान राखिने ठाउँमा एउटा शीशा फुटेको थियो जसले गर्दा अलार्म बजेको थियो । 

युवकलाई सेप्टेम्बरमा पक्राउ गरिएको थियो । उनको पहिचान खुलासा गरिएको छैन । एक अन्य व्यक्तिलाई पनि हिरासतमा लिइएको छ तर उनीमाथि शाही सामान चोेरेको आरोप छैन । 

फ्युनरल रिगेलिया स्ट्रेङनास, अप्साला र भास्तेरास क्याथेड्रलमा राखिएका छन् । स्विडेनको शाही गरगहना स्टकहोमको रोयल क्यासलको नियन्त्रणमा रहन्छ । प्रहरीका अनुसार, अघिल्लो वर्ष अगस्टमा चोरहरूले सेक्युरिटी तोडेर शाही सामान चोरे अनि तालमा मोटरबोट चढेर भागेका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्