
काठमाडौं — अमेरिकामा एक विमान लगातार तीनपटक उडेर केही क्षणमै फर्किएको घटना सार्वजनिक भएको छ ।
लस एन्जेलस विमानस्थलबाट हवाईको माईका लागि विमान तीनपटक उड्ने कोशिश ग¥यो तर टेकअफ गर्नेबित्तिकै फर्कियो । तीनचोटि फर्काएपछि हवाई एयरलाइन्सले फ्लाइट नै रद्द गरिदियो । फ्लाइटमा कुनै प्रकारको गडबडी भए नभएको विषयमा एयरलाइन्स केही बोलेन ।
एयरलाइन्सका वरिष्ठ व्यवस्थापक एलेक्स द सिल्भाले विमान बारम्बार फर्काइनुमा प्राविधिक कारण रहेको बताए । विमान फर्किनुमा खास समस्या बताइएको छैन ।
विमानहरूको गतिविधिमा नजर राख्ने एक वेबसाइट फ्लाइटराडारडट्कमले बताएअनुसार, हवाईयन विमान फ्लाइटबाट फर्किएपछि उसलाई पछिल्तिर राखियो । लगभग साढे पाँच घन्टापछि विमानलाई उड्ने अनुमति दिइयो तर त्यसले समुद्रमाथि चक्कर लगाइरह्यो र फर्कियो ।
एयरलाइन्सले भन्यो, ‘फ्लाइटमा २०० भन्दा बढी मानिस सवार थिए । विमान चार हजार किलोमिटर पर पुग्नुपर्ने थियो त्यसैले सुरक्षासँग सम्झौता गर्न सक्दैनथियो । कुनै पनि गडबडी हुनुअघि विमानलाई फर्काउने फैसला लिइयो ।
घटनाक्रमका कारण यात्रीहरूलाई समस्या भएकोमा हामीलाई खेद छ ।’
एयरलाइन्सले ट्वीट गरेर अर्को फ्लाइटका लागि यात्रीहरूलाई सय डलरको रिफन्ड दिइनेछ ।
एजेन्सी