
काठमाडौं — पति र पत्नीबीच ससानो कुरामा झगडा भइरहेको हुन्छ । तर बिलका विषयमा झगडा भएको घटना त्यति सुन्न पाइँदैन ।
अस्ट्रेलियामा चाहिँ रेस्टुराँको एक बिलका विषयमा झगडा हुँदा पतिले पत्नीलाई पक्राउ गराउनका लागि प्रहरी बोलाए । घटना सिजनीको कास्टवूड एरियामा रहेको रेलवे स्ट्रीटमा रहेको एक रेस्टुराँमा भएको हो ।
त्यहाँ पति र पत्नी प्रेमपूर्वक खाना खाइरहेका थिए । केही समयसम्म त सबै ठीक थियो तर उनीहरूबीच अचानक झगडा भयो । अनि रेस्टुराँभरिका मानिसले उनीहरूलाई हेर्न थाले ।
पत्नीले बिलमा उठेको आधा पैसा दिन नमानेपछि झगडा भएको हो । रिसाएका पतिले दिमाग नलगाइकन प्रहरी बोलाए ।
प्रहरीले रेस्टुराँ पुगेर यस्तो सानो झगडाका विषयमा प्रहरीलाई बोलाउनु ठीक नभएको बतायो ।
अन्तिममा बिलको रकम कसले चुकायो भन्ने खुलेको छैन ।
एजेन्सी