१७ असार २०८३, बुधबार

मृत्युसँगै पासवर्ड गायब हुँदा करोडौं रुपैयाँ डुब्यो

मृत्युसँगै पासवर्ड गायब हुँदा करोडौं रुपैयाँ डुब्यो

काठमाडौं — क्रिप्टोकरेन्सीको जोखिम निकै धेरै छ । गत साता क्यानडामा भएको एक घटनाले यो जोखिमसम्बन्धी बहस अझै चर्को बनाएको छ । 

क्यानडाको सबभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफार्म क्वार्डिगाका लगानीकर्ताहरूको लगभग १९ करोड डलर लगानी डुब्ने स्थितिमा पुगेको छ । एक पासवर्ड गायब हुनु यसको कारण हो । 

त्यसमध्ये ५ करोड डलर हार्ड करेन्सी पनि छ । 

क्वार्डिगाका संस्थापक गेरल्याड कोटेनको मृत्युसँगै उनको पासवर्ड पनि चिहानमा गाडिएको छ । 

कोटेन भारत भ्रमणमा डिसेम्बर ९ मा आउँदा बितेका थिए । कम्पनीका अनुसार, ३० वर्षीय कोटेनले नै लगानी, कोइन र फन्डसँग जोडिएका कुरा हेर्थे । 

यो एक्सचेन्ज प्लेटफर्मले नोभा स्कोसियाको सर्वोच्च अदालतमा फन्डसम्बन्धी जानकारी पत्ता लगाउन सक्षम नरहेको ३१ जनवरीमा बतायो । 

कोटेनकी पत्नी जेनिफर रोबर्टसनले एक दस्तावेजमा हस्ताक्षर गरेकी छन् । दस्तावेज अनुसार, उनको पतिले कम्पनी सम्बन्धी जानकारी राख्ने ल्यापटप पूरै एन्क्रिप्टेड छ र उनी त्यसको पासवर्ड जान्दिनन् ।

पाँच वर्षअघि क्वार्डिगा कम्पनी शुरू गरिएको थियो । अघिल्लो वर्षदेखि नै कम्पनी आर्थिक संकटको सामना गरिरहेको छ । 

क्यानडाको टीभी च्यानल सीबीसीको एक रिपोर्टअनुसार, यसै वर्षको शुरूआतमा तरलताको समस्याका कारण सीआईबीसी बैंकले यस कम्पनीको २० मिलियन डलर जफत गरेको थियो । 

क्वार्डिगाका लगभग एक लाख १५ हजार प्रयोगकर्ता छन् । यसमा व्यावसायिक लगानीकर्ताका साथै बचतको थप राम्रो विकल्प खोज्ने मानिस पनि पर्छन् । 

जानकारहरूका अनुसार, लगानीकर्ताहरूको लगानी फिर्ता आउने सम्भावना कम छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्