२५ असार २०८३, बिहीबार

काठमाडौँमा १०.६ मिलिमिटर वर्षा, शनिबारसम्म बदली र वर्षा

काठमाडौँमा १०.६ मिलिमिटर वर्षा, शनिबारसम्म बदली र वर्षा

काठमाडौँ–पश्चिमी वायुको प्रभावले आज देशैभर बदली र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा १०.६ मिलिमिटर वर्षा भएको छ । काठमाडौँ उपत्यकामा दिनभर सिमसिमे वर्षा भएको थियो । लगातारको वर्षाले सर्वसाधारणलाई कठिनाइ भएको थियो । आज सबैभन्दा बढी जुम्लामा २३.२, वीरेन्द्रनगरमा २२.५, पोखरामा १९ र दाङमा १८ मिलिमिटर वर्षा भएको छ । 

त्यसैगरी डडेलधुरामा ८.८, नेपालगञ्जमा ७.९, भैरहवामा सात, धनगढीमा दुई र ताप्लेजुङमा एक मिलिमिटर वर्षा भएको छ । उपत्यकामा बिहानैदेखि बदली र निरन्तर वर्षा भएकाले आज बढी चिसो महसुस गरिएको थियो । न्यूनतम बादलले न्यूनतम तापक्रम बढेर ७.५ पुगे पनि अधिकतम तापक्रम भने घटेर १०.८ पुगेको छ । हिजो बुधबार काठमाडौँको न्यूनतम चार र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको थियो । 

महाशाखाले मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर शनिबारसम्म बदली र वर्षा हुने जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यको धेरै स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ । 

महाशाखाका मौसमविद् सुजन सुवेदीले पश्चिमी वायुको प्रभावले बदली र वर्षा गराएको जानकारी दिए । उनका अनुसार यो मौसमी प्रणालीको असर आगामी आइतबारसम्मै देखिनेछ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने शनिबार मध्य र पूर्वी भेगमा बदली र हल्का वर्षाको सम्भावना छ । 

salt training

कमेन्ट गर्नुहोस्