०१ असार २०८३, सोमबार

पक्राउ परेकी पाकिस्तानी चर्चित महिला अधिकारकर्मी रिहा

माघ २४, २०७५
पक्राउ परेकी पाकिस्तानी चर्चित महिला अधिकारकर्मी रिहा

इस्लामाबाद– पाकिस्तानकी एक जना चर्चित महिला अधिकारकर्मी बिहीबार प्रहरी हिरासतबाट मुक्त भएकी छिन् । 

अरु १७ जनासहित पक्राउ परेकी गुलालाई इस्माइलीलाई अहिले मात्र रिहा गरेको अधिकारकर्मीहरुले जनाएका छन् । 

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इनटरनेस्नलले प्रहरी हिरासतमा उनलाई स्वेच्छाचारी ढंगले राखेको आरोप लगाएको छ । 

उनीहरुलाई पठान संबद्र्धन अभियानले मङ्गलबार गरेको शान्तिपूर्ण कार्यक्रमबाट पक्राउ गरिएको समाचारमा जनाइएको छ । पठान जनजातीको अधिकारको माग गर्दै उनीहरुले इस्लामावादमा प्रदर्शन गरेका थिए । 

“यो हिरासत बसाई म र मेरा आफन्तजनका लागि निकै पिडादायी भएको छ, गत तीन घण्टा म कहाँ थिए भन्ने पनि मेरा आफन्तजनले थाहा पाउनु भएनछ,” उनले हिरासतमुक्त भएपछि एएफपीसँग भनिन् ।

उनी जागरुक छोरी नामक एक गैरसरकारी संस्थाकी उपसंस्थापक हुन् । 
विशेष गरेर लैङ्गिक समानताका लागि काम गर्दै आएकी इस्माइलीले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाएकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्