१० असार २०८३, बुधबार

प्रतिबद्धताबाट ब्याक भएपछि कांग्रेसमा फेरि विवाद

माघ २५, २०७५
प्रतिबद्धताबाट ब्याक भएपछि कांग्रेसमा फेरि विवाद

काठमाडौँ – प्रमुख प्रतिपक्ष कांग्रेसमा पार्टी विधानलाई लिएर फेरि विवाद चुलिएको छ । केन्द्रीय कार्यसमितिमा स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्न पाउने व्यवस्था राख्नेरनराख्ने र समावेशी तथा आरक्षण व्यवस्था दोहोर्‍याउने कि नदोहोर्‍याउने भन्नेमा विवाद छ । 

डेढ महिनाअघि महासमिति बैठकमा लामो विवादपछि विधान पारित भएको थियो । त्यतिबेला पार्टी सभापति शेरब्हादुर देउवा र व्रिष्ठ नेता रामचन्द्र पौडेलले यी व्यवस्था हटाउने प्रतिबद्धता जनाएका थिए । अहिले देउवा प्रतिबद्धताबाट पछि हट्ने संकेत देखिएपछि विवाद उब्जेको हो ।

महासमितिमा ५० भन्दा बढी जिल्ला सभापतिको अगुवाइमा स्वतस् महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्न पाउने प्रावधान हटाउन प्रस्ताव दर्ता गरिएको थियो । उनीहरूले प्रस्तावमाथि निर्णय नभएसम्म विधान पारित गर्न नदिएपछि देउवा र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकबाट हटाउने प्रतिबद्धता जनाएका थिए । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्