२३ असार २०८३, मंगलबार

आमाको नामबाट नागरिकता दिन माग

माघ २५, २०७५
आमाको नामबाट नागरिकता दिन माग

काठमाडौँ- लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक ¥याली निकालिएको छ । 

महिला, कानून र विकास मञ्चको आयोजनामा आज काठमाडौँको माइतीघरबाट निकालिएको उक्त सचेतनामूलक ¥याली नयाँबानेश्वर चोकमा पुगी सम्पन्न भएको थियो । ¥यालीमा पूर्ण नागरिक, पूर्ण अधिकार नागरिकतामा समान अधिकार, कोख मेरो सन्तान कस्को ?, आमाको नामबाट नागरिकता सुनिश्चित गरलगायत नारासहित सचेतनामूलक सडक नाटक गरेर ¥याली समापन गरिएको थियो । 

सामाजिक तिरस्कार, अपमान, राज्यबाट पाउने सेवासुविधा नपाउँदा महिलाको जीवनमा आउने समस्याका साथै महिलाले मृत्युको बाटो रोज्न बाध्य हुनु परेको घटनालाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्