०५ असार २०८३, शुक्रबार

कन्चनपुर घटना : आनन्द बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

कात्तिक २०, २०७४
कन्चनपुर घटना : आनन्द बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा
धनगढी, २८ फागुन - कञ्चनपुरको पुनरवास नगरपालिका—८को आनन्द बजार क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले आज बिहान १० बजेदेखि साँझ ७ बजे सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

आनन्द बजार छेउको बाटोमा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले बाधा अवरोध पु¥याउँदै चलाएको गोली लागेर पुनरवास नगरपालिकाका गोविन्द गौतमको विहिबार मृत्यु भएको घटनापछि उत्पन्न अशान्तिलाई मध्यनजर गरी आनन्द बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नु परेको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताउनु भयो ।

आनन्द बजार चोक देखि पूर्व,पश्चिम,उत्तरमा पाँच÷पाँच सय मिटर सम्म र दक्षिणमा नेपाल —भारत सीमा सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खनालले बताउनु भयो ।

निषेधित क्षेत्र घोषणापछि तोकिएको क्षेत्रमा समुह बनाएर हिड्न र प्रदर्शन गर्ने लगाएतका गतिविधि गर्न पाईंदैन ।
घटनामा मृत्यु भएका गौतमको शव परिवारले बुझेर आजै कञ्चनपुरको दोदा नदीमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ ।गौतमको शव सेती अञ्चल अस्पतालको शव गृहमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्