
काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको पुनर्निर्माणमा आवश्यक मापदण्डलाई ख्याल नगरी जथाभावी निर्माण गरिँदा ती महत्वपूर्ण सम्पदाहरू उच्च जोखिमा परेका छन् ।
जसकारण विश्वसम्पदा सूचीबाटै हट्ने खतरा बढेको छ । पुनर्निर्माणमा सरकारी निकायको लापार्बाही र चरम बेवास्ताले गर्दा ती सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेको हो ।
यसरी, उच्च जोखिममा परेका सम्पदामा काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारायण रहेका छन् । युनेस्कोले काठमाडौं उपत्यकालाई एक क्षेत्र मानेर यी सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको थियो । पछिल्लो समय पशुपतिनाथलगाायतका सम्पदामा पुनर्निर्माणका क्रममा आवश्यक मापदण्डलाई ख्याल नगरिँदा ती सम्पदा जोखिममा परेको पुरातत्व विभागले जनाएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।