११ असार २०८३, बिहीबार

नेकपामा थप तरंग, नेताहरुले औंल्याए विभाजनको खतरा

माघ २७, २०७५
नेकपामा थप तरंग, नेताहरुले औंल्याए विभाजनको खतरा

काठमाडौँ –नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रूपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको छ ।

 प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलाका सन्दर्भमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘चिप्लिएको’ टिप्पणी गरेलगत्तै सरकारप्रति खनिएका दाहाललाई शनिबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कटाक्ष गरेका छन् ।

नेता भीम रावलले दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा औंल्याएका छन् ।

पोखरेलले दाहालको अभिव्यक्तिलाई लक्षित गर्दै शनिबार फेसबुक पेजमा लामो स्टाटस  लेखेका छन् ।

 उनले पार्टी एकता घोषणा गर्दा गम्भीर छलफल र समीक्षा नभएको भन्दै सनक र उन्मादमा रमाउनेलाई पार्टी नेतृत्वमा ल्याउँदा दुर्भाग्य हुने भनी दाहालप्रति कटाक्ष गरेका हुन् ।

 ‘कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैनरल्याइनै हुँदैन,’ पोखरेलले भनेका छन्, ‘अझ सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्‍याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ ।’ पोखरेलले सरकारका कामकारबाहीको बचाउ पनि गरेका छन् । कान्तिपुर दैनिका खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्