
काठमाडौं–नेपाल प्रहरीका १४ एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको शनिबार बसेको बैंठकले १४ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
जसअनुसार एक नम्बरमा सन्दिप भण्डारी बढुवा सिफारिस भएका छन् । यस्तै टेक प्रसाद राई, उमेश राज जोशी, श्यामलाल ज्ञवाली, डा गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त बहादुर कुँवर र भीम प्रसाद ढकाल एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
