२१ जेठ २०८३, बिहीबार

डेढ लाख नक्कली रुपैयाँसहित एक जना पक्राउ

डेढ लाख नक्कली रुपैयाँसहित एक जना पक्राउ
सन्दर्भ तस्वीर

काठमाडौं– काठमाडौं प्रहरीले डेढ लाख नक्कली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं गोगंबुबाट १ लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । शनिबार राति एक हजार दरका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । 

गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट उक्त नक्कली नोट बरामद गरिएको महानगरिय प्रहरी बृत्त गोगंवुले जनाएको छ । प्रहरीले पोमबहादुर कुँवरलाई पक्राउ गरेको छ भने अर्का आरोपी हिक्मत मियाँ भने फरार रहेका छन् । मियाँको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्