
काठमाडौं- नेपाली दर्शकमाझ परिचित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा एकाएक धुलिखेल पुगेका छन् ।
आकाशले आँचललाई सरप्राईज दिन धुलिखेलको मिरावल होटलमा लगेका हुन् । त्यहाँ एकाएक आकाश र आँचलको टेबलमा बर्थडे केक आईपुग्छ । आकाशले आँचलको बर्थडे सेलिव्रेसनको तयारी गरेका रहेछन् । आँचलले बर्थडेको केक काट्छिन उता आकाशले पपअप पट्काउछन् । आकाशले केक आँचललाई खुवाउँछन् अनि आँचलले खुःसी भएर आकाशलाई मुस्कान सहित प्रेमभाव प्रकट गर्छिन ।
होटलको रेष्टुरेण्टमा रहेका सबैले आँचललाई बर्थडे विस गर्छन । त्यत्तिकैमा केही परबाट निर्देशक प्रभावनले भन्छन् –‘ओके’ समर्थन छ ।
चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गजल ‘समय आएपछि’को म्युजिक भिडियो सुटिङको लागि आकाश र आँचलको जोडी पर्यटकीय नगरी धुलिखेल पुगेका हुन् ।
आकाश र आँचलका साथमा थिए कलाकार रश्मि भट्ट, राजाराम गौतम र श्वेता गोले । ध्रुव केसीको रचना रहेको उक्त गजलमा संगीत ईश्वर खत्री र संयोजन किरण कँडेलले गरेका छन् । भिडियोलाई टंक केसी र विषेश महर्जनले छायाँकन गरेका छन् ।
यस भिडियोलाई लिएर आकाश र आँचल निकै उत्साहित रहेका छन् ।
ईश्वर खत्री र ध्रुव केसीको संयुक्त प्रस्तुती ‘समय आए पछि’ गजल संग्रह डि.ए.आर मुभिजले चाँडैनै बजारमा ल्याउने तयारी गरेको छ ।