चितवन, २८ फागुन–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा सरकारकाले खुट्टा कमाएको बताएका छन् ।

मेची महाकाली अभियान अन्तर्गत चितवनमा अयोजित सभामा एमाले अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकारले विदेशी भूमिबाट नेपाली मारिदा समेत सरकारले केही गर्न नसकेको बताएका हुन् ।
‘कञ्चनपुरमा पारीबाट आएर गोली चलाइएको छ ,ओलीले भने, ‘यस्तो बेलामा सरकारले खुट्टा कमायो । ’
ओलीले बलियो देश भएको भन्दैमा भारतले दम्भ देखाएको बताएका छन् । उनले एमालेका नेता कार्यकर्ताको हत्या गर्ने प्रयासहरु भएको भन्दै आपत्ति जनाएका छन् । उनले एमाले डरले लुकेर हिड्ने पार्टी नभएको भन्दै मैदानमा आएको बताएका छन् ।
एमालेले सप्तरी घटनाका कारण तीन दिन स्थगित गरेको मेची महाकाली अभियान हिजो हेटौंडाबाट पुनः शूरु गरेको छ । यसै क्रममा एमाले चितवनमा शभा गरेको छ ।
नारायणी नदीको किनारामा भएको सभामा उल्लेख सहभागिता रहेको छ ।