२४ जेठ २०८३, आइतबार

होसियार! काठमाडौंमा पनि भेटियो ठूलो परिमाणमा नक्कली नोट

होसियार! काठमाडौंमा पनि भेटियो ठूलो परिमाणमा नक्कली नोट

काठमाडौं – पछिल्लो समय नक्कली नोटको बिगबिगी भइरहेका बेला काठमाडौंमा पनि ठूलो संख्यामा नक्कली नोट भेटिएको छ ।

टोखा नगरपालिका- १० गणेशस्थानबाट १ हजार दरका नक्कली नेपाली नोट १ सय ५२ थान शनिवार राति प्रहरीले बरामद गरेको हो ।

उक्त  नगरपालिका गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मिया समेत २ जनाको कोठामा नक्कली जाली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले हिक्मत मियाको कोठामा पलङमुनि लुकाइ राखेको १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरको कोठाबाट सोही दरका १ सय ४१ थान नक्कली नोट बरामद गरेको हो ।

नोट बरामद भए पनि मिया र कुँवर दुवै फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्