०६ असार २०८३, शनिबार

भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक

माघ २७, २०७५
भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक

भारत– भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाउनु भएको छ । 

गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ । 

अध्यक्ष गान्धीले केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई डराउने व्यक्तिको रुपमा चित्रित गर्दै खुल्ला बहसका लागि आउन चुनौती दिनु भएको थियो । 

यहाँ आयोजित एक कार्यक्रममा बोल्दै नेता चौहानले अध्यक्ष गान्धीका अभिव्यक्ति खराब भएको र उनले झुट कुराहरु दोहो¥याउन गरेको आरोप लगाउनुभएको थियो । 

गान्धीका ती आरोपको खण्डन गर्दै मुख्यमन्त्री चौहानले आज सो भनाई राख्नभएको हो । भारतमा यसैवर्ष लोकसभा निर्वाचन हुन लागेकाले दलका नेताहरुले एकले अर्को तथा विपक्षीहरुलाई अनेक आरोप लगाउने र होच्याउने अभिव्यक्तिहरु दिन थालेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्