१० असार २०८३, बुधबार

४४ सांसदका स्वकीय सचिवको तलब दुई महिनादेखि रोकियो

माघ २८, २०७५
४४ सांसदका स्वकीय सचिवको तलब दुई महिनादेखि रोकियो

काठमाडौं–चार पूर्वप्रधानमन्त्रीसहित संघीय संसद्का ४४ सांसदका स्वकीय सचिव (पिए)को तलब दुई महिनादेखि रोकिएको छ । 

उनीहरूले बैंक खाता नम्बर उपलब्ध नगराएपछि संसद् सचिवालयले तलब रोकेको हो । ३३४ मध्ये २६२ सांसदका पिएको तलब भने उनीहरूकै खातामा जान थालेको छ । २५ मन्त्री र फौजदारी अभियोगमा थुनामा रहेका सांसद रेशमलाल चौधरीको पारिश्रमिक भने सचिवालयले उपलब्ध गराउनुपर्दैन ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सांसद तथा पदाधिकारीका पिएले आफ्नै खातामा पारिश्रमिक पाउने व्यवस्था छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्