
काठमाडौँ – एनसेलको पुरानो खरिदबिक्रीमा समेत कर छलीको आशंका गर्दै संसदको अर्थ समितिले सुरुदेखिका सम्पूर्ण विवरण मगाएको छ ।
पछिल्लो पल्ट बिक्रीमा भएको कर छलीको विषयलाई सर्वोच्च अदालतले किनारा लगाइसके पनि पुराना प्रकरणसमेत ब्युँतिने भएका हुन् । एनसेल हालसम्म १२औं पल्ट खरिदबिक्री भएको छ ।
समितिको आइतबारको बैठकले स्थापना भएदेखि अहिलेसम्मकै सेयर हस्तान्तरण विवरण ७ दिनभित्र पठाउन सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको हो। कान्तिपुर दैनिकले पहिलो पृष्ठमा खबर छापेको छ।