
काठमाडौं - कांग्रेस महासचिव पद सम्हाले पछि पहिलो पटक सोमबार प्रियंका गान्धीले उत्तर प्रदेशको राजधानी लखनऊमा रोड शो गर्दैछन् । रोड शोमा सहभागी हुन कांग्रेस अध्यक्ष राहुल गान्धी पनि लखनऊ जाँदै छन् ।
उत्तर प्रदेश कांग्रेसका अध्यक्ष राज बब्बरका अनुसार यो कांग्रेसको राजनीतिक इतिहासमा स्वर्णिम दिन हुनेछ । आजतक अनलाइनका अनुसार उनको यो रोड शोले नराम्रो अवस्थामा गुज्रीरहेको कांग्रेसलाई संजीवनी दिनेछ भन्ने प्रश्न खडा भएको छ ।
लखनऊ अमौसी एयरपोर्टदेखि कांग्रेस कार्यालयसम्म प्रियंकाको स्वागतका लागि पोस्टर र ब्यानरले सजाइएको छ । बिहान ११ बजे लखनऊ एयरपोर्ट मोडबाट प्रियंका र राहुलको रोड शो शुरु हुनेछ ।