२६ जेठ २०८३, मंगलबार

विराटनगरको भोलेबाबा ट्रेडर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको भोलेबाबा ट्रेडर्समा राजस्व अनुसन्धानको छापा

विराटनगर – विराटनगर महानगरपालिका–५ स्थित भोलेबाबा ट्रेडर्समा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ ।

भोला गुटकाको सुपर स्टकिस्टका रुपमा रहेको सो ट्रेडर्समा आइतवार साँझ राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले छापा मारेको हो । 

राजस्व अनुसन्धानको इटहरी  कार्यालय प्रमुख बेदराज फुयालको नेतृत्वको टोलीले विराटनगर–५ त्रिमूर्ति मार्गस्थित ट्रेडर्सको गोदाम र कार्यालयमा छापा मारेको हो । सो क्रममा राजस्वको टोलीले ट्रेडर्सको बिलबिजक र कागजपत्र नियन्त्रणमा लिएको छ । 

राजस्व छली गरेको सूचनाका आधारमा छापा मारिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख फुयालले जानकारी दिए । उनले थप छानबिनका लागि डिलरको कार्यालयमा रहेको कागजपत्र नियन्त्रणमा लिइएको बताए ।

किसन बोहरा र विजय मालपानीले संयुक्त रुपमा सञ्चालन गरेको ट्रेडर्सले भोला गुटका साथै करेन्ट चाउचाउ र मसलाको डिलरका रुपमा कारोबार गर्दै आएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्