१२ असार २०८३, शुक्रबार

ग्यास चुहिएर घरमा आगलागी

ग्यास चुहिएर घरमा आगलागी

बलेवा –आज बिहान बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । बानपा–२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ । 

एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर आगलागी हुँदा घरमा क्षति भएको छ । डेरामा बस्ने पार्वती विश्वकर्माले ग्यास खुला छाडेकाले उक्त आगलागी भएको थियो ।

समयमै प्रहरी र दमकललाई जानकारी गराइएकाले घटनामा ठूलो क्षति भने भएन । 

salt training

कमेन्ट गर्नुहोस्