२५ असार २०८३, बिहीबार

अख्तियारको २८औँ स्थापना दिवस मनाइयो, तस्बिरमा हेर्नुहोस्

अख्तियारको २८औँ स्थापना दिवस मनाइयो, तस्बिरमा हेर्नुहोस्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवस सोमबार एक कार्यक्रमका बीच मनाइयो । 
 सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  गौरवशाली इतिहास र भावी पुस्ताको सुन्दर भविश्यमा कुनै धब्बा नलागोस् भन्ने विषयलाई हृदयङ्गमन गरी परिवार, समाज र राष्ट्रबाट भ्रष्टाचारजन्य प्रवृत्तिलाई छिटोभन्दा निर्मूल पार्नु जरुरी रहेको धारणा राखिन् । 
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताए । उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको पनि धारणा राखे ।
उनले भने, “भ्रष्टाचार नियन्त्रण गर्न सरकार, आयोग र अन्य निकाय दृढ छन्, अब भ्रष्टाचारी लुक्न र भ्रष्टाचार लुकाउन सम्भव छैन, भ्रष्टलाई घरमा श्रीमती, श्रीमान् र छोरा छोरीले घृणा गर्दछन् । भ्रष्टाचार सबैको सत्रु हो । भ्रष्टाचारलाई निमिट्यान्न पार्नु अहिलेको आवश्यकता हो ।” 
कार्यक्रममा आयोगको स्थापना दिवसका अवसर पारेर आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै आयोगको कामकारवाहीमा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो । 

सो अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीसहित  सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका पदाधिकारी, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो । 
यस्तै कार्यक्रममा राष्ट्रपति भण्डारीले आयोगको वार्षिक प्रतिवेदनको लोकर्पणसमेत गरेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्