०१ साउन २०८३, शुक्रबार

राष्ट्रिय सभाबाट भुक्तानी तथा फर्छ्योट विधेयक सर्वसम्मतिले पारित

राष्ट्रिय सभाबाट भुक्तानी तथा फर्छ्योट विधेयक सर्वसम्मतिले पारित

काठमाडौं –राष्ट्रिय सभाले प्रतिनिधि सभाको सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फर्छ्योट विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । 

यसअघि राष्ट्रियसभाको मंगलवारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई सदनले सर्वसम्मतिले स्वीकृत गरेको थियो । 

राष्ट्रिय सभाको अर्को बैठक फागुन २ गते ११ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्