१५ असार २०८३, सोमबार

नुवाकोट महोत्सव माघ तेस्रो हप्तादेखि

कात्तिक २०, २०७४
नुवाकोट महोत्सव माघ तेस्रो हप्तादेखि

नुवाकोट, १ पुस - ‘धार्मिक तथा ऐतिहासिक नुवाकोटको पहिचान, कला संस्कृति सम्वन्द्र्धन र समुन्नत नुवाकोट हाम्रो अभियान’भन्ने मूल नाराका साथ चौथो नुवाकोट महोत्सव आगामी माघ १४ देखि २४ गतेसम्म हुने भएको छ ।nuwakot_district
आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक, उपार्जन, व्यावसायिक समृद्धता तथा आन्तरिक एवं बाह्य पर्यटन भित्र्याउने लक्ष्यका साथ यस वर्ष महोत्सब आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।
बट्टार बसपार्कमा सञ्चालन हुने महोत्सवले नुवाकोट हुँदै चीन जोड्ने नाका सञ्चालनमा आएकाले जिल्ला औद्योगिक केन्द्रका रुपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा राखेको छ ।
महोत्सवले विस्थापन हुँदै गएका कुमाल र माझी जातिको कलासंस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने, नुवाकोटलाई पर्यटन मार्ग बनाउने र जिल्लामा लगानी भित्र्याउन भूमिका खेल्ने सङ्घका महासचिव दीपक कायस्थले बताए । महोत्सव सञ्चालनका लागि ११ सदस्यीय मूल कार्यसञ्चालन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्