
भक्तपुर–सवारी चालक अनुमतिपत्र अर्थात् सवारी ट्रायल निःशुल्क गर्नुपर्ने माग गर्दै भक्तपुरका ड्राइभिङ व्यवसायीहरुले यातायात व्यवस्था कार्यालय भक्तपुरमा विरोध गरेका छन् । भक्तपुरमा सवारी चालक अनुमतिपत्र लिन प्रयोग गरिने सवारीसाधनमध्ये दुईपाङ्ग्रेका लागि रु २०० र चारपाङ्ग्रेका लागि रु ३५० शुल्क लिने गरी कार्यालयले बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध गरेका हुन् ।
भक्तपुर मोटर ड्राइभिङ इन्स्टिच्युटका सञ्चालक गोकुल बनले यातायात कार्यालयले आर्थिक चलखेल गरी मनोमानी ढङ्गबाट गोप्यरुपमा बोलपत्र आह्वान गरेको भन्दै बोलपत्र प्रक्रिया खारेज गर्न माग गरे ।
सर्वोच्च अदालतले निःशुल्क ट्रायल लिने व्यवस्था मिलाउन दिएको आदेशको अवज्ञा गर्दै जिल्लाका कुनै पनि ड्राइभिङ व्यवसायीहरुसँग कुनै समन्वय नगरी सःशुल्क बोलपत्र आह्वान गरेको बताए ।