काठमाडौँ– नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका पदाधिकारीले अघिल्लो मिति राखी गरिएका मनोनयनसम्बन्धी निर्णय बदर गरेको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले सो निर्णय गरेको पार्टी केन्द्रीय सदस्य एनपी साउँदले जानकारी दिए ।
सङ्घका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिई स्वीकृत भइसकेको अवस्थामा विघटित कार्यसमितिबाट केही मनोनयन भएको जानकारीमा आएपछि पार्टीले सो निर्णय गरेको हो ।
सङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको यही माघ २ गते स्वतः म्याद समाप्त भएको थियो । कार्यसमितिको म्याद समाप्त भएपछि सङ्घका अध्यक्ष महरले पार्टी नेतृत्वको निर्देशनअनुसार माघ २८ गते पदबाट राजीनामादिएका थिए र सोही दिन राजीनामा स्वीकृत भएको थियो ।